
पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले रक्षाबन्धन, ऋषितर्पणी एवं जनै पूर्णिमाका अवसरमा सम्पूर्ण प्रदेशवासीलाई शुभकामना व्यक्त गरेका छन् । आज जारी गरेको शुभकामना सन्देशमा उनले हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वले सम्पूर्ण प्रदेशवासी सबै दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।
विभिन्न समुदायले खुशीयालीस्वरुप उत्साह र उमङ्गका साथ मनाउने रक्षा बन्धनले मौलिक परम्परा र सांस्कृतिक महत्व बोकेको जनाउँदै प्रदेश प्रमुख गुरुङले यो पर्व तागाधारी समुदायले मात्रै नभई विभिन्न समुदायले मनाउने गरेको हुँदा यस पर्वको महत्व बढेको उल्लेख गरेका छन् ।
उनले नेपाल बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले यस्ता पर्वले सामाजिक, सांस्कृतिक र जातीय एकता कायम गर्दै आपसी सद्भावलाई प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै सन्देशमा भनेका छन्, “पर्व र संस्कृतिले समुदायबीच आपसी सद्भाव कायम राख्दै सांस्कृतिक, आर्थिक र सामाजिकरूपमा एकीकृत र मजबुत बनाउन सहयोग पुग्दछ ।”
विज्ञप्तिमा कोरोना महामारीले विश्व नै प्रभावित भइरहेका बेला सबैले चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गर्न र सबै नागरिकको इमान्दार प्रयासले मात्र कोरोनालाई जित्न सकिने उल्लेख छ ।
मुख्यमन्त्री पोखरेलद्वारा शुभकामना
यसैगरी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सांस्कृतिक समृद्धिका लागि धर्म, संस्कृति र परम्पराको जगेर्ना आवश्यक रहेको बताएका छन् । जनै पूर्णिमा, ऋषितर्पणी र गुँपुन्हीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले धर्म, संस्कृति र परम्पराजस्ता अमूल्य निधिको जगर्ना गर्नु सबैको दायित्व रहेको बताएका हुन् ।
“जनै पूर्णिमाका दिन तागाधारी समुदायले पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षाबन्धन बाँध्ने परम्परा छ । श्रावण शुक्ल पूर्णिमाकै दिन तराईमा दिदीबहिनीले दाजुभाइको नाडीमा राखी बाँधेर मनाउने गर्छन् । नेवारी समुदायले यो दिनलाई ‘गुँपुन्ही’ का रूपमा मनाउने परम्परा छ । यो दिनमा नौ थरि गेडागुडी मिसाएको क्वाँटी खाने र भ्यागुताको पूजा गरिन्छ । अहिले क्वाँटीको स्वादले अन्य समुदायको भान्सामा पनि स्थान पाएको छ । ”सन्देशमा उल्लेख छ ।
सन्देशमा भनिएको छ, “विविध धर्म संस्कृतिको धनी हाम्रो मुलुक धार्मिक सहिष्णुताको अनुकरणीय नमूना हो । एकै दिन पर्ने पर्वलाई समुदाय विशेषअनुसार फरक तरिकाले मनाइनु पनि धार्मिक सहिष्णुताकै सबैभन्दा दरिलो उदाहरण हो ।”
कोभिड–१९ को त्रास कायमै रहेको जनाउँदै स्वास्थ्य मापदण्ड पालना गर्दै सजगता अपनाएर पर्व मनाउन समस्त प्रदेशवासीमा उनले सन्देशमा अनुरोध गरेका छन् ।












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार