
गजलकार राधा भुजेल
मनमा के छ के छ, नजर छ अर्कोतिर
बाध्यता छ एकातिर, रहर छ अर्कोतिर
हिजो कोही आयो, साथ दिन्छु भन्यो
भोलि छुट्टिनुपर्छ कि डर छ अर्कोतिर
बाआमाको मृत्यु भयो, दिदीको विवाह
भाइ पनि एउटै हो, बेखबर छ अर्कोतिर
यतिसम्म सोच्नुपर्छ बुहारी भैसकेपछि
यता सासुससुरा छन्, घर छ अर्कोतिर
हरेक वर्ष खेत भएकैतिर बाढी पस्छ
‘जा छोरा बाँध लगा’ बगर छ अर्कोतिर
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार