
काठमाडौं । नेपाली कविता, आख्यान र बालसाहित्यमा परिचय बनाएका जानुका खतिवडाको किशोर उपन्यास ‘उज्यालोको रङ’ प्रकाशन भएको छ ।
किशोरहरुका लागि पुस्तक प्रकाशन गरिनुपर्ने आवाज उठिरहेका बेलामा ‘उज्यालोको रङ’ बजारमा आएको छ ।
उपन्यासकार खतिवडाका अनुसार ‘उज्यालोको रङ’ एक किशोरीको सङ्घर्षको कथा हो । जीवनमा आइपरेका कैयन् दुःखबाट कत्ति पनि विचलित नभइकन साहस र विवेक प्रयोग गर्ने किशोरीको कथा । उपन्यास सामाजिक र लैङ्गिक विभेद, अन्याय र कुसंस्कारविरुद्ध लड्ने चौध वर्षकी मायाजस्ता किशोरीको उदाहरणीय सङ्घर्षमा केन्द्रित छ।
किशोर उपन्यास भइकन पनि बालबालिका एवम् प्रौढ पाठकले पनि उपन्यास रुचाउने छन् ।
कलम प्रकाशनले प्रकाशित गरेको ‘उज्यालोको रङ’को मूल्य २५० रुपैयाँ रहेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार