
सर्लाही । बलात्कार पछि हत्या गरिएको आरोपमा लालबन्दी नगरपालिका– १७ की किशोरी प्रियङ्का भुजेलको शव परिवारले बुझ्न अस्वीकार गरेको छ । बुधबार मृतकको शव परीक्षण भइसके पनि परिवारले बुझ्न नमान्दा जिल्ला अस्पतालमै रहेको छ ।
दोषी पत्ता लगाई कानूनबमोजिम कारवाही गर्ने र घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान गरी न्याय दिलाउने आश्वासन प्रहरीले दिए पनि परिवारले शव बुझेका छैनन् । गत साउन ३१ गते राति करिब ११ बजे घरबाटै बेपत्ता भएकी रानीगञ्ज डाँडाटोलका राजेश भुजलेकी छोरीको शव गत मङ्गलबार राति कालिन्जोर खोलामा गाडिएको अवस्थामा फेला परेको थियो ।
घटनामा संलग्न रहेको आरोपमा लालबन्दी १७ कै १८ वर्षीय किसन साह र १९ वर्षीय अनिस दाहाललाई पक्राउ गरेर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए।
पक्राउ परेका युवाले नै युवतीको शव गाडेको स्थान देखाएका थिए । घटनाको छानबिन र दोषीलाई कारवाहीको माग गर्दै स्थानीयवासीले बुधबार लालबन्दीमा दुई घण्टा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध पारेका थिए । बिहीबार पनि करिब तीन घण्टा पीडित पक्ष र सुरक्षा निकायका प्रतिनिधिबीच छलफल भएको थियो । प्रहरीले १४ वर्षीया भुजेलको उमेर १६ बताएको र दोषीलाई सार्वजनिक नगरेको भन्दै थप आक्रोसित बनेका पीडित पक्षले इलाका प्रहरी कार्यालयबाट न्याय नपाइने भन्दै आज जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएर ज्ञापनपत्र बुझाउने जनाएका छन् ।सांसद प्रमोद साहले पनि पीडित पक्षसँग भेट गरी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई सो घटनाबारे जानकारी गराएको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार