
किमाथाङ् । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक हलो (मिनीटिलर) वितरण गरेको छ । श्रम र समयको बचत हुनाका साथै सीमित जनशक्तिबाट पर्याप्त काम गर्न सकिने भएकाले सो उपकरण वितरण गरिएको हो ।
किसानलाई व्यावसायिक कृषि खेतीमा आकर्षित गर्न अनुदानमा मिनीटिलर वितरण गरिएको नगरप्रमुख मुरारीप्रसाद खतिवडाले बताए । उहाँले लगानी खेर नफाली उत्पादन वृद्धि गर्दै आर्थिक उपार्जनतर्फ लाग्न आग्रह गरे ।
मिनीटिलर पाएर गोरुलाई खुवाउने खर्च बचतका साथै काम गर्न पनि सहज भएको वडा नं ९ का राजेन्द्र खत्रीले बताए । छनोट भएका ११ वडाका ३३ किसानलाई एउटैको रु ४४ हजार ५०० पर्ने मिनीटिलर ५० प्रतिशत अनुदानमा वितरण गरिएको नगरका कृषि शाखा प्रमुख दिपेन काफ्लेले जानकारी दिए ।
– रासस
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार