
गलेश्वर । यहाँ व्यावसायिकरूपमा लगाइएको केराखेतीमा रोग र किराको प्रकोप देखिन थालेको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित खबरा, बगरफाँट, मङ्गला र मालिकाका विभिन्न स्थानमा गरिएको केराखेतीमा डढुवा, गबारो र खपटे घुन नामक रोगको प्रकोप देखिएको हो ।
व्यावसायिकरूपमा गरिएको केराखेतीमा रोगको प्रकोप देखिएपछि कृषक चिन्तित भएका हुन् । केरा उत्पादनको पकेट क्षेत्र मानिने खबरा गाउँमा खपटे घुनले सयौँ रोपनी क्षेत्रफलमा लगाइएका केराका बोट सुक्न थालेका छन् । केराखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका कृषकका केराका बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित बनाएको हो ।
करिब १५ रोपनीको जग्गामा व्यावसायिक केराखेती गर्नुभएका खबराका कृषक राजकुमार घिमिरेले व्यावसायिक केराखेतीमा रोग र किराको प्रकोप देखिएपछि समस्या भएको गुनासो गर्नुभयो । उनले डढुवा, गबारो, खपटे घुनको प्रकोपबाट पसाएका केरामा दाग देखिने, केराका बोट सुक्दै जाने, पहेँलो हुने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेशा नै सङ्कटमा पर्न थालेको बताए । खबराका सिङ्गो गाउँका कृषक नै केराखेतीमा संलग्न छन् । सुरुआतमा सामान्य देखिए पनि केही समयपछि भने खेतीमा ठूलो क्षति पु¥याएको उहाँले जानकारी दिए ।
कूल २२० घरधुरी रहेको खबराका अधिकांश कृषक व्यावसायिक केराखेतीमा संलग्न छन् । वर्षेनी केराखेतीतर्फ खबराका कृषकको आकर्षण बढ्दै जान थालेको छ । यस वर्ष कोरोना भाइरसका कारण जारी लकडाउन र सलह जातको किराले दुःख दिएको अवस्थामा केराखेतीमा फेरि रोगको प्रकोप देखिएपछि कृषक थप चिन्तित बनेका हुन् । खबरामा हजारिया जातको केराको उत्पादन अत्यधिक हुन्छ । यसका साथै नङ्ग्रे, मालुङ्गे, धुर्सेजस्ता केराको उत्पादन हुने गरेको कृषक बताउँछन् ।
खबरामा व्यावसायिक केराखेतीसँगै किबी, अम्बा, कटहर, कागतीलगायत फलफूलको उत्पादन हुँदै आएको छ । यस वर्ष केराखेतीमा रोगको प्रकोप देखिएकाले कृषक समस्यामा परेको खबराका अर्का कृषक भूमिराज घिमिरेले बताए । यहाँका कृषकले व्यावसायिकरूपमा केरा तथा फलफूल खेती गरेका कृषकलाई वडा, नगरपालिका र सम्बन्धित निकायले आवश्यक सहयोग गर्नुपर्ने माग गरेका छन् ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार