
झापा । विर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालले शल्यक्रियापछि अनुहारलाई दुरुस्त बनाउने ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ सेवा सुरुआत गरेको छ । नाक, कान र घाँटीमा क्यान्सर सङ्क्रमण हुँदा शल्यक्रिया गरेर अनुहारको बाहिरी र भित्री भागमा पलाएको मासु फालिएपछि पुरानै स्वरुपमा अनुहारलाई ल्याउन ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ गरिन्छ ।
प्रस्तावित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसार्इंकै लगानीमा दुई वर्षदेखि विर्तामोडमा अस्पताल सञ्चालन भइरहेको छ । स्वदेशमै क्यान्सरको पूर्ण उपचार सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’का लागि अस्पतालमा अनुभवी जनशक्ति र उपकरण उपलब्ध भइसकेको मेडिकल डाइरेक्टर डा वीरेन्द्र यादवले जानकारीदिए
नेपालमा मात्र नभएर नाक, कान र घाँटीको क्यान्सरका बिरामी विश्वभरि नै बढिरहेको उनले जानकारी दिए । सुर्ती र मदिरा सेवन नै यो प्रकारको क्यान्सर गराउने मुख्य कारण भएको उनको भनाइ छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वर्षसम्म नाक, कान र घाँटीको क्यान्सरको शल्यक्रिया गर्दै आएका अर्का सर्जन डा बजरङ्ग साह हाल अस्पतालमा सो सम्बन्धी विभागीय प्रमुखमा नियुक्त भएका छन् । उनले नै ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ गर्दै आएका छन्।
उनले नेपालमा पहिलो पटक ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ सेवा सुरु भएको जानकारी दिए । उनले शरीरको अरू भागबाट मासु ल्याएर अनुहारमा जोड्ने शल्यक्रियालाई नै ‘फ्री फ्लाप’ भनेर चिनिने बताए । ब्रेनभन्दा मुनि र फोक्सोभन्दा माथिको शरीरको भागमा ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ गरिन्छ ।
भारतमा ‘फ्री फ्लाप’ गर्न रु २० देखि २५ लाख खर्च लाग्ने भए तापनि यहाँ सोही उपचार रु तीन लाखमा भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा यादवले बताए । ‘फ्रि फ्लाप’ लागि अब विदेश धाउने दिन गएको उहाँको भनाइ छ ।
अस्पतालले दुई वर्षमा २२ हजार पाँच सय ३० क्यान्सरका बिरामीको उपचार गरेको र यसमध्ये सात सयको शल्यक्रिया गरेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए । उनका अनुसार अहिलेसम्ममा तीन हजार पाँच सय जनाको बायोप्सी जाँच गरिएको, दुई हजार आठ सय १० को केमोथेरापी गरिएको, नौ सय ५३ को रेडियोथेरापी गरिएको र एक सय ४० जनाको ब्रेकी थेरापी गरिएको बताए ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार