
गण्डकी । कृषि वस्तुको बीउ बिजन गुणस्तर मापन र परीक्षण गर्दै आएको बीउ बिजन प्रयोगशालाको नयाँ भवन निर्माण हुने भएको छ । पोखरा महानगरपालिका–१७ बिरौटामा निर्माण गरिने दुई तलाको सुविधासम्पन्न भवनको सोमबार गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले शिलान्यास गरे ।
सङ्घीयता कार्यान्वयनपछि साबिकको जिल्ला कृषि विकास कार्यालयको साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको प्रयोगशालाको सुविधासम्पन्न भवन निर्माणपछि काममा सहज हुने विश्वास लिइएको छ ।
प्रयोगशाला भवन निर्माणका लागि गत असार २२ गते जिएस इन्जिनीयरिङ एन्ड बिल्डर्स पोखरासँग रु एक करोड ६३ लाख लागतमा ठेक्का सम्झौता गरिएको प्रयोगशालाका प्रमुख एवं वरिष्ठ बाली विकास अधिकृत सुदीप खतिवडाले जानकारी दिए ।
पूर्वाधार विकास कार्यालय कास्कीको गत वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार निर्माण गरिने भवन विसं २०७९ पुस २२ गते भित्रमा निर्माणसम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ ।
प्रमुख खतिवडाका अनुसार दुई तलाको भवनमा तल्लो तलामा बीउ बिजनको प्रयोगशाला रहने र माथिल्लो तला प्रशासनिक कार्यमा प्रयोग गरिने छ । उनले भने “विगतमा भैरहवा कार्यालयले हेर्ने गरे पनि दुई वर्षअघि गण्डकी प्रदेशमा प्रयोगशालाको कार्यालय स्थापना गरिएको थियो । साँघुरो र जीर्ण भवनबाट बीउ बिजन परीक्षण र प्रमाणित गर्ने कार्यमा समस्या भएकामा आफ्नै भवन बनेपछि सहज हुनेछ ।”
प्रयोगशालाले बीउ विश्लेषण तथा प्रमाणीकरण, प्रादेशिक बीउ उत्पादकहरुको अनुगमन तथा बीउ व्यापारीहरुको नियमन, रैथाने बाली र प्रजनन बीउ संरक्षण तथा सूचीकृत जातका बीउहरुको बजारीकरण गर्दै आएको बताइन्छ ।
कार्यक्रममा मन्त्री बुढाले निर्धारित समयभित्र भवन निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह ग।रे । गुणस्तरीय बीउको प्रमाणीकरणपछि मात्र कृषि उत्पादन वृद्धि गर्न सहयोग पुग्ने उनले बताए । कार्यक्रममा मन्त्रालयका सचिव सवनम शिवाकोटीले बीउको प्रयोग गर्दा प्रयोगशालाबाट प्रमाणित ट्याग लगाइएको बीउ मात्र प्रयोग गर्नुपर्नेमा जोड दिए।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार