
काठमाडौँ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले योग, ध्यानलगायत पूर्वीय दर्शनका आरोग्यता प्राप्ति विधिलाई नयाँ स्वरूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको जोखिम कायम रहेको र तेस्रो लहरले बालबालिकालाई समस्यामा पार्छ भनिएका बेला विश्व शान्ति तथा अध्यात्म विकास समाजले जुम प्रविधिबाट बालबालिकालाई योगाभ्यास गराउन आयोजित कार्यक्रमको उद्घाटन समारोहमा उनले योग र ध्यानलाई पनि प्रदेश सरकारले पाठ्यक्रममा समावेश गरेको जानकारी गराए ।
देशभर योग शिक्षक बढाएर नियमित योगाभ्यासका माध्यमबाट मानिसलाई निरोगी बनाउन सकिने भएकाले तीनै तहका सरकार र यस विषयमा काम गर्ने सङ्घसंस्थाको ध्यान यसतर्फ जानुपर्ने मन्त्री फुँयालको भनाइ थियो । यसका लागि बागमती प्रदेश सरकारका तर्फबाट सहयोग गरिने उनको प्रतिबद्धता छ ।
समाजका संस्थापक अध्यक्ष आचार्य राजन शर्माले नेपाललाई योगभूमि बनाउन देश बाहिरै रहेर पनि अभियान चलाइएको बताए । अष्ट्रेलियामा स्थापना भएको समाजले योग, ध्यानलगायत पूर्वीय दर्शनका माध्यमबाट सुख, शान्ति एवं आरोग्यताका लागि काम गर्दै आएको छ ।
सो अवसरमा अध्यक्ष शर्माले योग चेतनाका राजनीतिकर्मी भएपछि देश योगभूमि बन्ने भएकाले यसतर्फ अभियान चलाउन लागिएको जानकारी दिए । प्रत्येक दिन बिहान जुम प्रविधिबाट सिकाइने योगाभ्यासमा पहिलो दिन नै ३०० बालबालिका सहभागी भएका छन् । योगाभ्यासमा जुम प्रविधिका माध्यमबाट सहभागी हुन चाहने बालबालिकाले निःशुल्करूपमा जोडिन सक्ने समाजले जनाएको छ ।
– रासस











समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार