
निशा सापकोटा
म छोरी,
समाजका लागि अबलाकी पात्र
शत्रुका लागि विचरी,
कामका लागि कमजोर
पैसाका लागि भरोसावादी
ईज्जतका लागि जोखिम
र पनि,
म भित्र आशा छ
घरको चुहिएको छाना टाल्ने आशा,
आमाका ओठमा मुस्कान फुलाउने
बाको मुहार उज्यालो बनाउने आशा
म गन्हाउने सोच भएका गुन्डाहरुकी माल,
रन्डाहरुका लागि वेश्या
र बलात्कारीका लागि मिठो फल
भमराका लागि फूल पनि हुँला
तर पनि मेरो एक सपना छ
मेरो नामले कसैको पनि ईज्जतमा
अलिकति पनि दाग नलगाउने सपना
म भाइका लागि एक कमजोर युवती
प्रेमीका लागि उसको जिम्मेवारी
बाबाका लागि दायित्व र
आमाका लागि अर्काको घरमा जाने जात
र पनि मेरो ईच्छा छ
सबैले खुसी पाएको हेर्ने
हो, म छोरी हुँ
सपना देख्न पाउँछु तर पूरा गर्न पाउदिनँ
म लक्ष्य बनाउन सक्छु तर सफलता पाउन सक्दिनँ
आखिर किन कर्म र प्रयास गर्न दिइँदैन ?
र भाग्यको भरोसामा दुःख खेपाइन्छ
छोरीहरुलाई मात्र ?













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार