
काभ्रे । प्रहरीले फरक–फरक ठाउँबाट अवैध चिरान काठसहित तीन जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालयल काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार धुलिखेल र पाँचखाल क्षेत्रबाट गरी चिरान काठसहित त्यसमा संलग्न व्यक्ति र गाडीसहित नियन्त्रणमा लिइएको हो ।
क्रममा पाँचखालबाट धुलिखेलतर्फ आइरहेको बा८च ३१३ नं गाडीमा सम्बन्धित कार्यालयको इजाजतपत्रबिना अवैध सल्ला जातको चिरान काठ लोड गरी ल्याइरहेको अवस्थामा फेला पारी गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पाँचखाल नगरपालिका–५ खावास्थित अरनिको राजमार्ग सडकखण्डमा खटिएको प्रहरी टोलीले सवारी जाँच गर्ने क्रममा गाडीसहित नियन्त्रणमा लिएको हो । सो गाडीमा रहेका पाँचखाल–४ बस्ने प्रकाश सुनारलाई गाडीमा ल्याएको विभिन्न नाप साइजको चिरान १५ थान(४७.६५५ क्युफिट) काठसहित पक्राउ गरिएको छ ।
त्यस्तै धुलिखेल नगरपालिका–११ स्थित बिपी राजमार्ग सडकखण्डमा खटिएको प्रहरी टोलीले सवारी जाँच गर्ने क्रममा भकुण्डेबेँसीबाट धुलिखेलतर्फ आइरहेको बा २० च २३०७ टाटामोबाइल र बा २० च ८७४९ महेन्द्रा बोलेरो गाडीमा सम्बन्धित कार्यालयको इजाजतपत्रबिना अवैध उत्तीस र सल्ला जातको चिरान काठ लोड गरी ल्याइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सो क्रममा पनौती नगरपालिका–४ बस्ने रामकृष्ण काफ्ले र ओखलढुङ्गाको लिखु गाउँपालिका–३ घर भएका रेशम श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो । विभिन्न नाप साइजका चिरान काठ ४० थान (३७.५२) क्यूफिट र विभिन्न नाप साइजका चिरान लिष्टी गरी १७७.५ क्यूफिट गरी २०९.६३ क्युफिट काठ बरामद गरिएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए । नियन्त्रणमा लिइएका गाडी, काठ र पक्राउ गरेका व्यक्तिलाई थप अनुसन्धान एवं कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार