
काठमाडौँ ।प्रतिनिधिसभाको आजको बैठकमा मेलम्ची खानेपानी आयोजनालाई बाढी पहिराले प्रभावित बनाएकाले काठमाडौँ उपत्यकाको खानेपानीका लागि उचित व्यवस्थापन गर्नुपर्नेलगायत जनजीवनका विषयमा सरकारसँग माग गरिएको छ ।
बैठकको शून्य समयमा नेकपा ९एमाले०का सांसद जीवनराम श्रेष्ठले काठमाडौँ उपत्यकाको खानेपानीको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराए । गत असार १ गतेको बाढी पहिराका कारण मेलम्ची खानेपानी आयोजनस्थलमा क्षति पुगेको छ ।
नेपाली कांग्रेसका उमा रेग्मीले असारे विकासले बजेट दुरुपयोग भएकाले यसमा संलग्नलाई कारबाही गर्न माग गरे। नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदीले कोरोना कहरबाट प्रभावित बालबालिकालाई उपचार गर्न माग गरे भने सांसद अतहर कमाल मुसलमानले सुकुम्बासी समस्या आयोग विघटन गरिएकामा आपत्ति प्रकट गरे । सांसद आशाकुमारी विकले जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्न आग्रह गरे । सांसद इन्दुकुमारी शर्माले जनकपुर–जलेश्वर सडक दशकौँदेखि जीर्ण भएकाले मर्मत गर्न आग्रह गरे।
सांसद कल्याणीकुमारी खड्काले रौतहटमा चिनी उद्योगले मजदुरको बाँकी रकम चाँडो दिन आग्रह गरे। सांसद खगराज अधिकारीले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल स्वदेश फिर्ता ल्याउन आग्रह गर्दै अन्यथा सदन चल्न नदिइने बताए ।
सांसद् कुमारी मेचे, कृष्णबहादुर राई, कृष्णभक्त पोखरेल, केदार सिग्देल, खेमप्रसाद लोहनी, गजेन्द्रबहादुर महत, गणेशकुमार पहाडी, गणेशसिंह ठगुन्ना, गोपालबहादुर बम, गोमा देवकोटा, गङ्गा चौधरी, घनश्याम खतिवडा, चाँदतारा कुमारी, जिपछिरिङ लामा, जुलीकुमारी महतो, झपटबहादुर रावललगायतले सो समयमा समसामयिक विषयमा भाग लिएका थिए ।
–रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार