
बझाङ । केदारस्यँ गाउँपालिका–६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालयको भवन पहिराको जोखिममा परेको छ ।
अविरल वर्षाका कारण विद्यालयको प्राङ्गण पहिराले बगाएकाले भवन पनि जोखिममा परेको हो । साउन १२ गते रातिको अविरल वर्षाले विद्यालयको मूलद्वार र प्राङ्गण पहिराले लगेकोे प्रधानाध्यापक मानबहादुर धामीले बताए ।
उनले भने, “लगातारको वर्षाका कारण भवनसमेत भत्कने खतरा छ । भिरालो जमिनमा विद्यालय भएकाले पहिरो खस्न थालेको हो ।” कक्षा ८ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हाल २३५ विद्यार्थी अध्ययनरत छन् ।
वडाध्यक्ष काशीराम धामीले यस वर्ष रु २० लाख बराबरको ग्याविन जाली राखिएकामा जालीसहित गाउँका २० परिवारको बाली र विद्यालयको प्राङ्गण पनि पहिराले बगाएको बताए । उनले भने, “अहिले त विद्यालय बन्द छ खुला भयो भने कहाँ पढाउने भन्ने समस्या भएको छ ।
विद्यालय भवन अन्त बनाउनका लागि जग्गाको खोजी गरिरहेका छौँ, भेट्टाएका छैनौँ, कतै पाइएमा चाँडै भवन अन्तै सार्ने योजनामा छौँ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार