
खलङ्गा। जुम्लाको तिला गाउँपालिकामा सिमी जोन र पातारासीमा स्याउ सुपरजोन कार्यक्रम लागू गरिने भएको छ ।
त्यहाँको अनुकूलतामा त्पादन हुने बाली र फलफूलको सम्भावनालाई मध्यनजर गर्दै सो कार्यक्रम लागू गरिने भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यन्वयन इकाइ अन्तर्गतको जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले सिमी र स्याउ सुपरजोन कार्यक्रमको कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको हो।
स्याउ सुपरजोन परियोजना कार्यक्रमअन्र्तगत सिमी जोनकोरुपमा जिल्लाको तिला गाउँपालिकालाई बिस्तार गर्ने निर्णय भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाइ जुम्लाका कार्यालय प्रमुख गङ्गा पोखरेलले बताए।
कृषि प्राविधिकहरुको प्रतिवेदन अनुसार कार्यक्रम छनौट गर्ने निर्णय भएको उनको भनाइ छ । यसैगरी पातारासी गाउँपालिकाको वडा नं १, २ र ३ तथा गुठिचौर गाउँपालिका– १ र २ मा पनि स्याउ सुपरजोन कार्यक्रम लागू गर्ने भएको छ।
स्याउ सुपरजोन परियोजनाअन्तर्गत यस अघि जुम्लाको चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासी क्षेत्रका केही वडामा काम भईरहेको थियो । कार्यालय प्रमुख पोखरेलका अनुसार सुपरजोनले यसअघि नै सिँजा क्षेत्रमा काम गर्न सिफारिस गरिसकेको थियो । थोरै जनशक्तिले सुपरजोनमा काम गर्नु परिरहेको भन्दै उनले स्थानीय तह र सम्बन्धित सरोकारवाला कार्यालयमार्फत काम गर्न आवश्यक रहेको बताए।
लामो समयदेखि जुम्ला क्षेत्र (क) मा काम गरिरहेको सुपरजोनले पछिल्लो समय वृहत चक्लाबन्दी, बगँैचा घेरवार, सिँचाइ, स्याउ कार्टुन उपलब्ध गराउने काम गर्दै आएको छ । जुम्ला क्षेत्र (ख) मा कार्यक्रम सञ्चालन हुन सकेको थिएन । किसानले सुपरजोनका कार्यक्रम सञ्चालन हुनुपर्ने माग राख्दै आइराखेका थिए । क्षेत्र (ख) अन्तर्गत हिमा, सिञ्जा, कनकासुन्दरी र तिला गाउँपालिका पर्दछन्।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार