
स्वस्तिश्री गुरुकुल स्कुलले हरेक वर्ष आयोजना गर्दै आएको राष्ट्रिय एकल नाटक महोत्सव यस पटक फरक शैलीमा हुने भएको छ।
कोभिडका कारण बालबालिकालाई थिएटरमै गराउन सक्ने अवस्था नभएपछि स्वस्तिले राष्ट्रिय बाल एकल नाटक महोत्सव भर्चुअल रूपमा गर्न लागेको हो । त्यसका लागि बालबालिकाले सम्पादन नगरिएको, एक सटमा लिएको ३ देखि ५ मिनेटको नाटकको भिडियो खिचेर पठाउनुपर्ने छ । साथै,नाटकमा अरू चरित्र आएमा माईम गर्नु पर्नेछ ।
सेप्टेम्बर १ , २०२१ सम्म भिडियो खिचेर tanka@swostishreegurukul.edu.np मा पठाउनु पर्ने छ ।
प्राप्त नाटक मध्येबाट उत्कृष्ट तीन नाटकलाई समान रूपमा नगद ५ हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । यो महोत्सवमा देशभरिका ६ – १५ बर्षका बालबालिकाहरुले आफूलाई मन लागेका विभिन्न विषयमा अभिनय गरेर पठाउन सक्नेछन् ।
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार