
बागलुङ । कोरोना सङ्क्रमितको सङ्ख्या पुनः उकालो लागेको छ । स्वास्थ्य कार्यालयको पछिल्लो आँकडाअनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५८० पुगेको छ । कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले पछिल्लोपटक एकैसाथ ८० नयाँ सङ्क्रमित फेला परेको जानकारी दिए । “आज निको हुने थपिएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या केही घट्न पनि सक्छ”, उनले भने ।
पछिल्ला दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको देखिन्छ । बुधबार सक्रिय सङ्क्रमितको सङ्ख्या ४९७ पुगेकामा अहिले बढेर ५८० पुगिसकेको छ । गत असार तेस्रो साता जिल्लाभर सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर २५४ मा पुगेको थियो ।
यसपछि भने सङ्क्रमितको सङ्ख्या लगातार बढेको छ । यसरी केही समय थामिएजस्तो देखिएको सङ्क्रमण दर फेरि उकालो लागेको हो । जिल्लामा गरिएको कूल पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर २७.४ प्रतिशत छ जबकि नेपालको सङ्क्रमण दर १९.०३ प्रतिशत मात्र छ ।
देशभरको तुलनामा निको हुने दर पनि यहाँ कम छ । नेपालमा निको हुने दर ९४ प्रतिशत छ भने बागलुङमा ९१ प्रतिशत । देशभर मृत्युदर १.०५ हुँदा यहाँ भने त्यो भन्दा कम ०.९९ प्रतिशत छ । कोरोनाका जिल्लामा हालसम्म ६३ जनाले ज्यान गुमाएका छन् ।
जिल्ला बाहिर पनि मृत्युवरण गर्नेको सङ्ख्या हेर्दा भने सयभन्दा बढी पुगेको स्रोत व्यक्ति घिमिरेले बताए । सङ्क्रमणसँगै मृत्युका घटना पनि बढ्न थालेका छन् । निषेधाज्ञा खुकुलो पारिएसँगै सङ्क्रमणको जोखिम पनि उत्तिकै बढेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताए ।
हरेक व्यक्ति स्वयं सतर्क र जिम्मेवार नभएसम्म सङ्क्रमण रोकथाम गर्न नसकिने उनको भनाइ छ । होम आइसोलेशनमा रहेका सङ्क्रमितलाई आफ्नो स्वास्थ्य स्थितिबारे विशेषरुपमा चनाखो बन्न चिकित्सकले सुझाएका छन् । सङ्क्रमणले च्याप्दै लगेर अन्तिम अवस्थामा अस्पताल आउँदा कोरोनाको उपचार प्रभावकारी नहुने चिकित्सक बताउँछन् । पहिलो र दोस्रो लहरमा गरी यहाँका २२ हजार जनामा कोरोना परीक्षण गर्दा ६३०० बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोना नियन्त्रणका लागि खोप अभियान पनि चलिरहेको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार