
काठमाडौं । गौशालाको पिंगलास्थानस्थित पारागन पब्लिक स्कुलले शिक्षकहरुलाई निष्कासित गरेपछि उनीहरु आन्दोलित भएका छन् ।
सामाजिक सुरक्षा ऐन, २०७४ अन्तर्गत सुविधा पाउनुपर्ने माग गर्दै उनीहरु विद्यालयले अगाडि नाराबाजी गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
विद्यालयले २० वर्षदेखि अध्यापन गरिरहेका शिक्षकहरुलाई गत चैतमा निस्कासित गरेको सूचना दिएको थियो । त्यतिबेला शिक्षकहरुले सुविधा माग गरेपछि विद्यालयले मौखिक रुपमा सहमति गरेको तर अहिले उक्त सहमति विपरीत फेरि शिक्षकहरुलाई निष्कासित गरेको पुनः इमेल पठाएर बेवास्ता गरेकोले आन्दोलनमा उत्रिनु परेको एक शिक्षिकाले गुनासो गरिन् ।
उनले भनिन्, ‘विद्यालयले आर्थिक समस्या देखाएर निकाल्न पाउँछ तर त्यसको पनि एउटा विधि, प्रकृया हुन्छ नि। यत्तिकै इमेल, हुलाकबाट पत्र पठाएर निष्कासित गरेर हुन्छ ?’ निष्कासित शिक्षक, शिक्षिकालाई पन्ध्र महिनादेखि न्यूनत्तम तलबको आधा मात्रै दिँदै आएको र उक्त बाँकी तलब पनि पाउनुपर्ने माग राखेर आन्दोलनमा उत्रिनु परेको शिक्षकहरुको भनाइ छ ।
विद्यालयले निष्कासित गरेपछि त्यहाँ रहेका थप शिक्षकहरुले पनि अनलाइन कक्षा बन्द गरेको उनले जानकारी दिइन् । विद्यालयले ६ जना शिक्षकलाई समेत ‘घरमा बसेर सहयोग गरिदिनुहोला’ भनेर एक शिक्षकले जानकारी दिए ।
उनले भने ‘ काम गरेको तलब पनि आधा मात्रै दिने । अहिले पनि घरमा बसेर सहयोग गर्नु भन्ने ? हामी चाँहि कसरी बाँच्ने ?’ आन्दोलित शिक्षकहरुले तत्काल वार्तामा बोलाउनुपर्ने र वार्तामा नबोलाएसम्म दैनिक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार