जिल्ला प्रहरी कार्यालय गोरखाले विभिन्न घटनामा संलग्न १८ फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत गोरखाबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला सुनाइ फरार हुँदै आएका अभियुक्तलाई पक्राउ गरी कारागार चलान तथा जरिवाना असुल उपर गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
पक्राउ परेका अभियुक्तमध्ये चारजनालाई अदालतको फैसला बमोजिम कैद सजाय भुक्तानीका लागि कारागार चलान गरिएको उनले बताए । दाहालका अनुसार बैंकिङ कसूर शीर्षकमा मुद्दा फैसला गरी सजाय सुनाइएका गण्डकी गाउँपालिका–४ का लोकबहादुर भट्ट, सरकारी कागजात किर्तेशीर्षक मुद्दामा सजाय सुनाइएका शहीद लखन–७, का अनिल तिवारीलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै लागुऔषध मुद्दा सजाय सुनाइएका शहीद लखन गाउँपालिका–६ का नारायण योगी र गोरखा नगरपालिका–९ का रवीन खत्रीलाई पनि पक्राउ गरी जेलचलान गरिएको उनले बताए । पक्राउ परेका अन्य १८ जना अभियुक्तलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइ जरिवाना असुल उपर गरी छोडिएको उपरीक्षक दाहालले जानकारी दिए।












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार