
कञ्चनपुर। छाडा चौपाया व्यवस्थापनको कार्य गरिएपछि शुक्लाफाँटा नगरपालिकाका किसानले खेप्दै आएको हैरानी हटेको छ। सडक दुर्घटनामा समेत निकै कमी आएको छ। विगतमा छाडा चौपाया भगाउनकै लागि नगरपालिका क्षेत्रका किसानले रातभर खेतबारीमै जाग्राम बस्नुपर्ने अवस्था थियो।
रातभर किसानका खेतमा गएर बालीनालीमा नोक्सानी पुर्याउने छाडा चौपाया दिनभर पूर्वपश्चिम राजमार्ग क्षेत्रमा आएर बस्ने हुँदा सडक दुर्घटना बढ्दोरूपमा रहेको थियो। छाडा चौपायाबाट हैरान भएका स्थानीय किसानले नगरपालिकामै ल्याएर छाडा चौपायालाई थुनेपछि नगरपालिकाले बाध्य भएर छाडा चौपाया व्यवस्थापनको कार्य अगाडि बढाएको हो।
विसं २०७४ मा नगरपालिकाले वडा नं ११ मा छाडा चौपाया व्यवस्थापनका लागि कार्य अगाडि बढाए पनि सफल हुन सकेन। ‘छाडा चौपायाको सङ्ख्या अत्यधिक थियो’, वडा नं ११ का वडाध्यक्ष दिलबहादुर बुढाले भने, ‘तारबार गरी राखिएको क्षेत्रमा स्थानीयवासीले विरोध गरी तारवार नै निकालीदिएपछि वनहरा नदी छेउको क्षेत्रमा टिनसेट निर्माण गरी छाडा चौपायालाई राख्यौँ, त्यहाँसमेत कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिका क्षेत्रबाट छाडा चौपाया ल्याएर छाड्न थालेपछि निकै समस्या भयो।’
सात सयको सङ्ख्यामा रहेका छाडा चौपायाको सङ्ख्या झण्डै एक हजार पुगेपछि व्यवस्थापनमा समस्या हुन थालेपछि जुम्लाका स्थानीय तहको सिफारिशमा पाल्नका लागि लैजाने व्यक्तिलाई बाटो खर्चसहित २७३ चौपाया पठाइएको उनले बताए। ‘बेदकोट नगरपालिकाको बाटो भएर जुम्ला चौपाया लैजाने व्यक्तिलाई बाटोमै अवरोध गरी लैजान दिइन्’, उनले भने, ‘त्यसपछि कृष्णपुर हुँदै चौपायालाई जुम्ला पठाएका हौं।’
– रासस












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार