नेकपा (एमाले) थाहा नगर कमिटी द्वारा आयोजित कार्यक्रम भेलामा बोल्नुहुदै एमालेबाट मकवानपुर निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार रहनुभएको युवा नेता महेश बर्तौलाले थाहा नगरलाई कृषि र पर्यटनको शहरको रुपमा बिकास गरिने बताउनु भयो । उहाँले थाहाको पहिचान भनेकै कृषि उत्पादन, चिसो हावापानी तथा संस्कृति भएको बताउनुहुंदै आफुले बिज्ञहरु संग सल्लाह गरि पर्यटकलाई थाहामा टिकाउने योजना बनाएर काम गर्ने बताउनु भयो । यसै बारेमा बोल्नुहुंदै उम्मेदवार बर्तौलाले थाहा, कैलाश, भीमफेदी र इन्द्रसरोवर जोडेर पर्यटनको करिडर निर्माण गर्नुपर्नेमा जोड दिनु भयो । आफुले निर्वाचन जितेपछि यसमा अध्ययन गरेर शिलशिलेवार काम गर्ने र काम गर्दा यसका लागि आवस्यक पर्ने भौतिक पुर्वाधार जस्तै सडक स्तरिकरण, विभिन्न पार्कहरु निर्माण र व्यवस्थापन, होमस्टे संचालन लगायतको क्षेत्रमा काम गर्ने बताउनुभयो ।

एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य तथा बागमती प्रदेसको प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले रुपचन्द्रले रोपेको यहाको कम्युनिस्टको बिरुवा बिरोध खतिवडाले मास्न खोजेको बताउनुभयो । आफूले जानकारी पाए अनुसार प्रदेसको मन्त्री रहेका कुमारी मोक्तानले आफ्नो निर्वाचन क्षेत्रमा बजेट बिनियोजन नगरी आफ्नो घर भएको पदमपोखरिमा ६३ वटा योजना लगेर निर्वाचन क्षेत्रमा भोट लिने मात्रै काम गरेको बताउनुभयो । उक्त कार्यक्रममा बोल्नुहुंदै नेता पौडेलले नेकपा एमालेले निस्कलंक, शैक्षिक व्यक्तित्व, शालीन उम्मेदवार खडा गरेको प्रष्ट पार्नु भयो ।

एमालेले मकवानपुर संघीय निर्वाचन क्षेत्र नं. २ (क) को उम्मेदवार बिष्णु प्रशाद ढकालले कार्यक्रममा बोल्नुहुंदै थाहा नगरमा रुपचन्द्र बिष्ट पछि कोहि साँसद नबनेको र एमालेले आफुलाई साँसद बन्न टिकट दिएको बताउनु भयो । कार्यक्रममा बोल्दै बहन्नु बहयो “हामी दुबै जना स्थानीय हौ !” संघको उम्मेदवार घर्तिखोलाबाट नामटार बसाई जानू बहएको राफु अंगारेको प्रष्ट पार्नु भयो । यश अघिको निर्वाचनको नतिजा र जितेपछी सांसदको भुमिका हेर्ने हो भने पनि जति बेला स्थानियले निर्वाचन जित्दा मात्र गाउँ नगरको बिलाश भएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेको नेताहरु बलराम बल, श्रीधर पोखरेल, बरिना बल लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम एमाले थाहा नगरको अध्यक्ष अच्युतम ढकालको अध्यक्षतामा जेसिज हलमा आयोजना भएको थियो ।














समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार