
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने घोषणा गरेका छन् । आज मन्त्रालयमा सार्वजनिक स्वास्थ्य र माहामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै उनले सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सुविधामध्ये सुरक्षाकर्मी मात्र लिने जानकारी गराएका छन्।
“सवारीसाधन, आवास र तलब भत्तालगायत कुनै पारिश्रमिक, भत्ता र सुविधा नलिने घोषणा गर्दछु” उनले भन । उनले राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि आफ्नो व्यक्तिगत सबै व्यावसायिक सङ्लग्नताबाटसमेत अलग हुने निर्णय गर्नुभएको जनाएका छन् । “पदमा रहदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार–व्यवसायमा म सङ्लग्न नहुने प्रतिबद्धता सार्वजनिक गर्दछु” उनले भने ।
श्रेष्ठ यही साउन १० गते राज्यमन्त्रीमा नियुक्त भएका थिए ।
– रासस
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार