
तनहुँ । सूर्य नेपाल प्रालिले जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई सोमबार शव वाहन उपलब्ध गराएको छ। प्रालिका व्यवस्थापक बाबुराम कार्कीले प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई शव वाहनको साँचो हस्तान्तरण गरेका हुन्।
प्रजिअ आचार्यले अस्पतालका बोर्ड सदस्य शेषमणि आचार्य र निमित्त कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठलाई उक्त साँचो संयुक्तरुपमा हस्तान्तरण गरे। जिल्लामै शव वाहन नहुँदा शव व्यवस्थापनमा समस्या भइरहेकाले आफूहरूले सामाजिक उत्तरदायित्व बहन गरेको प्रालिका व्यवस्थापक कार्कीले बताए।
शव वाहनको अभावमा कोभिडबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा समस्या भएपछि यस कम्पनीसँग सहयोग माग गरिएको थियो भन्दै प्रजिअ आचार्यले यसबाट जिल्लाका १० वटै पालिकाकालाई सहज हुने बताए। अस्पतालका निमित्त कार्यकारी निर्देशक डा श्रेष्ठले शव वाहन नहुँदा जिल्लावासीले कठिनाइ भोग्नु परेको अवस्थामा आउँदा दिनमा सहज हुने चर्चा गरे।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार