
तुन्द्रुङ्ङ उल्टो झुण्डिरहेको ऊ
अर्थात् तुइन जिन्दगी
कहिले खस्छ नदीमा
र बिलाइजान्छ
भन्न सक्दिनँ म
भन्न सकिएन तुइन हटाउने अभियान कहिले खस्छ !!
दक्षिणले सहयोग गरेछ
र खस्यो ऊ !!
ऊ
न नेताको सन्तान
न धनीको छोरो
ए, जाबो जनताको छोरो मरेछ !!
किन बोल्नु,
रोटी र बेटीको सम्बन्ध जो सकिन्छ
अनि बेचिएको भूमिको राज सकिन्छ
नीति खुस्किन्छ
राजनीति सकिन्छ र राजनीतिक स्वार्थ पोखिन्छ
गरिब मर्दा त कलमको मसी नै पो सकिन्छ
किन शब्दभण्डार नै रित्तिन्छ ?
भन त,
कहिले चुँडिने हो तुइन जिन्दगीको डोरी ?
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार