
रामपुर। कक्षा ११ को परिक्षा दिन हतार–हतार गरेर रामपुर नगरपालिका वडा नं ७ बस्ने सबिना राना रामतुलसी माविमा पुगे । उनी परिक्षा शुरु हुने समयभन्दा आधा घण्टा अगावै विद्यालयको प्रवेशद्धार बाहिर परीक्षाको तयारीका साथ बस्नु भएको थियो।
पहिलो दिन अनिवार्य अंग्रेजी विषय भएको हुँदा आफुले पढेका प्रश्न आउँलान् कि कस्ता खालका प्रश्न आउँलान्, सबै प्रश्नको उत्तर दिन सकिएला नसकिएला यस्तै–यस्तै मनभित्र करिब २० मिनेट कुरा खेलाउँदै विद्यालयको प्रवेशद्धार बाहिर बसिरिए । केहीबेरमा विद्यालयको प्रवेशद्धारमा शिक्षक आएर परीक्षा नहुने भन्ने जानकारी गराएपछि उहाँ निराश हुदै घर फर्कन बाध्य भए ।
“पहिलो दिन अंग्रेजी विषयको परीक्षा अरु विषय भन्दा दुख हुने हुँदा तयारी राम्रै गरेर गरेको थिए, बिहानै घरबाट करिब आधा घण्टाको पैदल हिँडेर हतार–हतार विद्यालय पुगे, परीक्षा नहुने खबर पाउँदा दुख लाग्यो, परीक्षाका लागि धेरै समय खर्चेर तयारी गरेको थिए”, उनले निराश हुँदै भने ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार