
गण्डकी । पोखरा महानगरपालिका–५ मालेपाटनस्थित बाराही माध्यामिक विद्यालयको खेल मैदानमा चौथो अभियान भलिबल प्रतियोगिता सुरु भएको छ । अभियान युवा क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको पहिलो खेलमा शान्ता भलिबल ट्रेनिङ सेन्टरले वियन्का कृषि फार्म, मट्टिखान युवा क्लबले मालेपाटन भलिबल ट्रनिङ सेन्टर, कृस्ती मिलन क्लबले कुदवीडाँडा युथ क्लब र बाराही माविले सशस्त्र प्रहरी बल कालिका गणलाई हराएका थिए ।
कुल १२ टिमको सहभागिता रहेको प्रतियोगिताका विजेताले नगद रु ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपविजेताले नगद २५ हजार ५५५ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको विधागत पुरस्कारतर्फ भने ट्रफीको व्यवस्था गरिएको छ । पोखरा महानगरपालिका प्रवक्ता धनबहादुर नेपालीले सो प्रतियोगिताको शुभारम्भ गर्दै नयाँ खेलाडी उतपादनमा प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा खेल संयोजक एवं क्लबका अध्यक्ष राजु गिरी, बाराही मावि व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मोहन केसी, बाराही मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु बराल, फेवा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अध्यक्ष हरिभक्त पौडेललगायतले प्रतियोगताले खेलकुदको विकासमा टेवा पुर्याउने जानकारी दिए ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार