
काठमाडौं ।अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई स्पष्टीकरण सोधेको छ । विभिन्न सञ्चारमाध्यमममा बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गाना र उहाँको परिवारले साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीसँग मिलेमतो गरेको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।
मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले बुधबारदेखि लागू हुने गरी तीन दिनभित्र स्पष्ट गरी पठाउन भनेको छ ।
“विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका बोर्डसँग सम्बन्धित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थ के हो, सो को स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र मन्त्रालयमा उपस्थित गराइदिनुहुन आदेशानुसार अनुरोध छ”, सो पत्रमा भनिएको छ ।
-रासस
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार