राजावादीहरूको प्रदर्शनले बागमती करिडोर क्षेत्र जाम (तस्बिरहरू)

शुक्रबार दोस्रो दिन पनि जारी राजावादीहरूको प्रदर्शनले माइतीघर-बानेश्वर क्षेत्रको यातायात प्रभावित भएको छ।

माइतीघर-बानेश्वर क्षेत्रको यातायात प्रभावित भएसँगै बागमती करिडोरमा सवारी साधनको जाम बढेको छ।

नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ को आह्वानमा शुक्रबार पनि माइतीघर-बबरमहल क्षेत्रमा प्रदर्शन  गरेको छ।

सुवेदी नेतृत्वको समितिले रत्नपार्कमा बिहीबार प्रदर्शन गर्दै ‘जनआन्दोलन’ सुरू गरेको थियो।

सुवेदी नेतृत्वले गरेको ‘जनआन्दोलन’ मा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाललगायत दल तथा समूहहरूले समर्थन जनाएका छन्।

संयोजक सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत आन्दोलनमा उपस्थित छन्।

राजसंस्था र हिन्दु राज्य पुनर्स्थापना, संघीयता खारेजीलगायत एजेन्डामा राजावादीहरूले प्रदर्शन गर्दै आएका छन्। ड्रोनबाट खिचिएको उक्त फोटोहरू शुक्रबार दिउँसो ३:३० बजेतिरको हो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार