संवाददाता२६ पुष २०७९
काठमाडौं। मंगलबार अर्थमन्त्री फेरिने हल्ला चलेपछि सेयर बजार तंरगित बनेको छ। काँग्रेसले नयाँ सरकारलाई विश्वासको मत दिने भएपछि उत्पन्न हुनसक्ने विविध राजनीतिक परिस्थितीको आँकलन र अर्थमन्त्री फेरिने हल्लाका कारण कारोबार अवधिभर त्यसको प्रभाव सेयर बजारमा देखियो।
विशेषगरी सेयर बजार र निजी क्षेत्रसँग सकारात्मक बनेका अर्थमन्त्री विष्णु पौडेल फेरिने हल्ला फैलिएसंगै मंगलबार मध्यान्नबाट बजारको लय बिग्रिन थालेको हो।
आज उच्च मनोबलसहित २२७७ बिन्दु सम्म बजार पुगेको थियो। कारोबार सुरु भएलगत्तै फराकिलो अंक अर्थात ६२ अंकसम्म बढेको बजार अर्थमन्त्री परिवर्तन हुने हल्लाले करिब १ घण्टामा करिब ९० अंकले घट्यो।
राजनीतिक परिस्थितीका कारण आत्तिएका लगानीकर्ताले अन्यौलका बीच अन्तिममा बिक्री चापलाई बढाएका छन्।
फलस्वरुप आज नेप्से परिसूचक २१.३५ अंकले घटेर २१९०.४२ बिन्दुमा झरेको छ। सोमबार २२०० बिन्दुमा पुगेको बजार एकदिन पनि टिक्न पाएन। बिक्री चापका कारण कारोबार भने साढे ७ अर्ब माथि पुगेको छ। आज भएको सेयर कारोबार करिब एक वर्ष यताकै सर्वाधिक हो।
कारोबारमा आएका १३ उपसमुह मध्ये वाणिज्य बैंक र म्युचुअल फन्ड बाहेक सबैजसो उपसमुह राताम्मे बनेका छन्।












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
घट्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको बजार भाउ