
सेयर बजारमा लगानीकर्ताले गुमाएको एक खर्ब ६८ अर्ब ८१ करोड रुपैयाँ फर्किएको छ। सरकार पुँजीबजार सुधार प्रति सकारात्मक देखिएसँगै लगानीको मनोबल उच्च हुँदा बजार पुँजीकरण ह्वात्तै बढेको हो।
अत्यधिक मागका कारण सूचिकृत कम्पनीहरुको मूल्य लगातार बढ्दो छ। नयाँ प्रधानमन्त्री र अर्थमन्त्री नियुक्तीको चर्चा सुरु भएसँगै बढ्न थालेको बजार पुँजीकरण दुई दिन मै २८ खर्ब ६८ अर्ब रुपैयाँ नाघेको हो। गत साताको अन्तिम कारोबारपछि पुँजीकरण २७ खर्ब रुपैयाँमा सीमित थियो।
यस दौरान परिसूचकले १०० अंकभन्दा बढीको फड्को मारेको छ। दैनिक कारोबार रकम पनि ४ अर्ब हाराहारी हुन थालेको छ। आमसँगै संस्थागत लगानीकर्ता र व्यवयायीहरुको पैसा पनि सेयर बजारमा भित्रिएको विश्लेषकहरुको बुझाइ छ।
सोमबार र मंगलबारको तीव्र वृद्धिपछि बुधबार सेयर बजारमा सामान्य करेक्सन देखिएको छ। बजार परिसूचक झन्डै १२ अंकले घटेको हो। तर पुँजीकरणमा उल्लेख्य फेरबदल देखिँदैन। मंगलबारको छलाङपछि २८ खर्ब ६८ अर्ब रुपैयाँ नाघेको कुल बजार पुँजीकरण १७ अर्ब रुपैयाँले घटेको छ। जुन पछिल्लो वृद्धिको १०।११ प्रतिशत मात्र हो।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार