मान्म । कालीकोट जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु भएको छ । बहिरङ्ग सेवासँगै अस्पतालले दन्त उपचार सेवा पनि थप गरेको हो । जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु भएपछि सेवा लिनेको सङ्ख्या पनि वृद्धि भएको छ । पहिला दन्त उपचार सेवा सुरु नहुँदा बिरामीले जानकारी नपाएका कारण छिटपुट मात्र दाँतका बिरामी आउने गरेकामा अहिले दैनिक १५ जनाका दरले दन्त उपचार सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ ।
दाँतका बिरामीले दैनिक सेवा लिनेको सङ्ख्या वृद्धि भइरहेको दन्त सेवा विभागका प्रमुख डा रोहित गुरुङले बताए । ‘आगामी दिनमा थप एक चिकित्सक आवश्यक रहेको छ’, उनले भने, ‘बिरामीको चाप पनि बढ्दै गएको छ ।’ अस्पतालले दन्त उपचार सेवा दिन सुरु गरेपछि सेवाग्राहीलाई सहज भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक डा रत्नवीर सुनारले बताए ।
‘अस्पतालमा दाँतको सेवा लिनेको सङ्ख्या दिनप्रतिदिन वृद्धि भइरहेको छ’, उनले भने । अस्पतालमा हाल दाँत निकाल्ने, भर्ने, आरसिटी गर्ने, सफा गर्नेजस्ता उपचार सेवा दिइएको छ । आगामी दिनमा दाँत फेर्ने सेवा पनि सञ्चालन गर्ने डा सुनारले बताए ।
कालीकोटमा दन्त उपचार सेवा नहुँदा दाँतका बिरामीले उपचारका लागि सुर्खेत नेपालगञ्जलगायत सुविधा सम्पन्न सहरमा जानुपर्ने बाध्यता हटेको खाँडाचक्र नगरपालिका–२ का बिर्ख विकले बताए ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार