
कास्की । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगरपालिका कमिटीको अध्यक्ष पदमा दिलीप न्यौपाने सर्वसम्मत चयन भएका छन् । यही कात्तिक ९ गते सुरु प्रथम महानगर अधिवेशनमा नेतृत्वका आकाङ्क्षीबीच सहमति नजुट्दा अधिवेशन लम्बिएकामा बिहीबार साँझ अन्य चार उम्मेदवारले मनोनयन फिर्ता लिएपछि न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । अध्यक्षका लागि न्यौपानेसहित दीपक पौडेल, तेजनारायण अधिकारी, धनबहादुर नेपाली र हरिप्रसाद त्रिपाठीले उम्मेदवारी मनोनयन दर्ता गरेका थिए ।
यसैगरी महानगर कमिटीको उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा जीवन आचार्य र उपसचिवद्वयमा रामचन्द्र थापा र हरिमाया गुरुङ सर्वसम्मत भएका एमाले कास्कीका सचिव दामोदर बैरागीले जानकारी दिए । महिला खस आर्य, जनजाति, दलित अल्पसङ्ख्यक, अपाङ्ग, श्रमिक, खुला सदस्य र भूगोलतर्फ सर्वसम्मत चयन गरिएको छ ।
नवनिर्वाचित अध्यक्षलगायतका पदाधिकारी तथा सदस्यलाई बिहीबार रातिनै शपथ ग्रहण तथा निर्वाचित प्रमाणपत्र प्रदान गरिएको थियो । पाँच पालिका रहेको जिल्लामा मादी, अन्नपूर्ण र रुपा गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन गरिएको छ । मादीमा बालकृष्ण गुरुङ,अन्नपूर्णमा विवेक देवकोटा र रुपामा सवाबक्स मियाँ पालिका कमिटीको अध्यक्ष सर्वसम्मत निर्वाचित भएका छन् ।
माछापुच्छ्रे गाउँपालिकामा भने अध्यक्षका प्रत्याशीका बीचमा सहमति नजु्टदा अधिवेशन को निर्वाचन प्रक्रिया स्थगन गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए । माछापुच्छ्रेमा विक्रम गुरुङ, महेश्वर दवाडी, यदुराम अधिकारी र पानबहादुर जिसीले अध्यक्षमा मनोनयन दर्ता गराएका थिए ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार