
१. इतिहास
हजुरबुवा
कथा हाल्नु हुन्छ
उहिले-उहिले
एकादेशमा
महान पुष्पलालहरू थिए
कम्युनिष्टहरु थिए
उनीहरू
मार्क्सलाई गुरु मान्थे
माओको खुब चर्चा गर्थे
लेनिन लेनिन नै भैहाले
उनीहरू
वर्गसंघर्षको चर्को बहस गर्थे
क्रान्तिको भाषा बोल्थे
जनताको गीत गाउँथे
मानवता नै धर्म हो भन्थे
उनीहरू
सामन्तको छाला काढेर
जुत्ता सिलाउछौँ भन्थे
जातपातको कट्टर बिरोधी थिए
उनीहरुले पढ्ने हरेक रातो किताबको
सिरानमा लेखिएको हुन्थ्यो
‘संसारभरका मजदुरहरू एक हौँ’
उनीहरू
झोलामा कम्युनिष्ट घोषणापत्र बोकिहिंड्थे
साम्यवाद हाम्रो एक मात्र परम लक्ष्य हो भन्थे
हो र हजुरबुवा ?
हो बाबु !
उहिले-उहिले
एकादेशमा
महान पुष्पलालहरू थिए
कम्युनिष्टहरू थिए
तर उहिले उहिले…!
२. डायनासोर
आधुनिक
डायनासोरको
दाँतमा अल्झेको
मान्छेको शरीरबाट
झरिरहेछन्
रगतका थोपाहरू
ओ मानवताका
हत्याराहरू हो
मेरी छोरीको चित्कारसँगै
मरेको छ तिम्रो ईश्वर
लाग्छ,
यो पृथ्वी फेरि मान्छेकोे
लायक रहेन अब
ओ महाशय भन्नुहोस् न
यो छोरीलाई अब म
कुन ग्रहमा लिएर राखौं ?
३. सरकार
सरकार,
खुंखार गँजडीहरूको
एक बैधानिक अखडा
गँजडीहरू,
अखडामा आउँछन्-जान्छन्
जान्छन् फेरि आउँछन्
अदल बदल भइरहन्छन्
पात्रहरू उनै
प्रवृत्ति उही
विकास
हात्ती आयो
हात्ती आयो फुस्सा !













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार