
भक्तपुर । विद्यालयको पानी ट्याङ्की खन्ने क्रममा यहाँ ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवशेष भेटिएको छ । भक्तपुर नगरपालिकास्थित दरबार स्क्वायर परिसरमा रहेको विद्यार्थी निकेतन माध्यमिक विद्यालयको प्राङ्गणमा पानी ट्याङ्की खन्ने जमिनको सतहबाट साढे छ फिटमुनि मल्लकालिन ईटा (टेपु ल्हौँ), चिकं अप्पा (तेलीय इँटा), (फ अप्पा, दाँची अप्पा)ले बनाइएका पेटीलगायत पुरातात्विक भवनका अवशेष भेटिएको हो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले उक्त स्थानको अवलोकन गरेका छन्। नगरप्रमुख प्रजापतिले उक्त विद्यालयका विद्यार्थी तथा प्रअ सर्जनी जोशीसँग भेट गरी तत्कालका लागि ट्याङ्की बनाउन र अन्य संरचना निर्माण नगर्न निर्देशन दिएका छन् । भेटिएका पुरातात्विक अवशेषको विज्ञद्वारा अनुसन्धान गराउनका साथै सम्पदा संरक्षणका लागि निर्माण कार्यलाई रोक्न आग्रह गरिएको उनको भनाइ थियो ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार