
काठमाडौं । ऊर्जा, सिँञ्चाइ तथा जलस्रोतमन्त्री पम्फा भुसालले विद्युतबाट चल्ने चुलोको व्यवस्था गर्ने गरी तयारी सुरु गरिएको बताएकी छिन् ।
गोदावरी नगरपालिका–१२ ठेचोमा वेथेगल टोल विकास समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै उनले ग्यासको सट्टा विद्युत्लाई उपयोग गरी खाना बनाउने व्यवस्था मिलाउन सरकारले काम गरिरहेको बताएकी हुन् ।
विद्युत् महसुल घटाइ सडक बत्तीको व्यवस्था गरिने उनको भनाइ थियो । सांसद राजकाजी महर्जनले ढल, बाटोको विकासमा सांसद विकास कोषबाट सहयोग गर्ने प्रतिबद्धता जनाइन् । स्थानीय सरकार र अन्य स्रोतबाट समेत सहयोग जुटाएर विकास निर्माणका काम गरिने उनको भनाइ थियो ।
नगरप्रमुख गजेन्द्र महर्जनले वेथेगल टोल क्षेत्रमा सडक र ढल व्यवस्थापनका लागि आठ लाख रूपैयाँ बजेट छुट्याइएको जानकारी दिए । नगरपालिका क्षेत्रको समुचित विकास निर्माणमा लागिपरेको उनले बताए ।
वडाध्यक्ष जगतबहादुर महर्जन, समितिका अध्यक्ष निर्मला क्षत्रीलगायतले स्थानीयस्तरको विकास निर्माणमा तीनै तहका सरकारले समन्वयात्मक रुपमा काम गर्नुपर्नेमा जोड दिए ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार