
अफगानिस्तानको राजधानी काबुलको एक अत्यधिक जनघनत्व भएको इलाकामा तालिबान सैनिकहरूसँगको झडपमा कम्तिमा तीन इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएको तालिबान प्रवक्ताले सोमबार पुष्टि गरेका छन्।
प्रवक्ता बिलाल करिमीका अनुसार स्थानीय एक भवनमा लुकेर रहेका ती लडाकुहरू तालिबानी सुरक्षाकर्मीका विरुद्ध आक्रमण गर्ने तयारीमा रहेको बुझिएको छ। तर त्यसको विस्तृत विवरण भने बाहिर आएको छैन।
कोटल–ए–खैरखाना इलाकामा घण्टौंसम्म चलेको उक्त दोहोरो झडपका क्रममा एउटा गाडी र भवनमा समेत आगो लागेको स्थानीय बासिन्दाले जनाएका छन्। उनीहरूका अनुसार त्यस घटनामा आइएसका तीन सदस्य मारिएका छन्।
यो झडप मध्य काबुलको एउटा ठूलो मस्जिद बाहिर भएको बम हमलाको केही घण्टापछि भएको थियो जहाँ तालिबान प्रवक्ता जबीहुल्लाह मुजाहिदको मृतक आमाको प्रार्थनाको कार्यक्रम चलिरहेको थियो। उक्त घटनामा दुई नागरिक मारिएका थिए भने अन्य चार जना घाइते भएका थिए ।
मध्य अगस्टमा तालिबानको कब्जापछि अफगानिस्तानमा सुरक्षा अवस्था सामान्य रहे पनि पछिल्ला केही दिनमा आइएस सम्बद्ध लडाकुहरूले काबुल र पूर्वी नान्गाहार प्रान्तको राजधानी जलालाबाद शहरमा बम आक्रमण गर्न शुरु गरेका छन् ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार