
महोत्तरी । महोत्तरीको जलेश्वर–बर्दिवास सडक खण्डको निर्माण सुरु भएको ३ वर्ष बित्नै लाग्दा पनि काम अधुरै छ । सिवालय दिवा जेवीले निर्माणको जिम्मा पाएको सडकको सम्झौता सकिन तीन महिना बाँकी छँदा २२ प्रतिशत मात्रै काम सकिएको हो । सिम्याट सिल्ट भिडिए कन्सल्टेन्टले ठेक्का लिएको सडकको काम ३ वर्षमा सक्ने सम्झौतासहित दिवा जेवीले निर्माणको जिम्मा लिएको थियो । जलेश्वरदेखि बर्दिवास पुग्ने सवभन्दा छोटो र सीधा सडक ३ वर्षदेखि अलपत्र रहदा स्थानीय सास्ती खेप्न बाध्य छन् ।
वर्षौदेखि जिर्ण सडक भत्काएर काम थालेपछि निर्माण सामग्री र अधुरो कामले सडक कुरुप देखिएको छ । सडकका खाल्डाखुल्डीले हिडडुलमा निकै समस्या भएको जलेश्वर घर भई बर्दिवासमा व्यवसाय गर्दै आएका शंकर श्रेष्ठले बताए । सिधा सडक जिर्ण भएकाले बर्दिबासबाट जलेश्वर जान जनकपुर हुँदै ६० किलोमिटर घुम्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । वर्षायाममा हिलो र गर्मीयाममा धुलोले सडकछेउ व्यापार गरेर बस्न सक्ने अवस्था नरहेको श्रेष्ठले बताए ।
बर्दिवासबाट जिर्ण सडकको करिब २ किलोमिटरसम्म बजार क्षेत्र छ । सडकको दुराअवस्थाका कारण व्यापार घाटा सहदै आएको व्यापारीहरूको गुनासो छ । बिग्रिएको सडक संचालन भइरहेका सवारी चालक सडकले आफ्नो सवारीसमेत बिग्रिरहने समस्या भएको गुनासो गर्छन् । सडकमै ठुल्ठुला खाल्डा भएकाले सवारी साधन बिग्रिरहने र इञ्जिनसमेत मर्मत गरिराख्नुपरेको सवारी चालक प्रदिप सहनीले बताए ।
कुरुप सडकमा हिड्न हिलो र धुलोले समस्या भएको भन्दै बर्दिवासमा स्थानीय र यात्रुले पटकपटक विरोधसहित चक्काजाम समेत गरेका छन् । सडक सुधार तथा विस्तार आयोजना (आरआइडिपी) ले सन् २०१८ को डिसेम्वर अन्तिममा जलेश्वर–बर्दिवास खण्डको ३९.६ किलोमिटर, जलेश्वर नगरभित्रको १५ किलोमिटर, सिरहा र सप्तरीको समेत १५/१५ किलोमिटर सडक निर्माणको काम शिवालय दिवा जेभी नामक कम्पनीलाई ठेक्का दिएको थियो ।
कम्पनीले सडक निर्माण गर्नुपर्ने अवधिको ३६ महिना मध्ये ३३ बितिसकेको छ । तोकिएको समयमा काम नसकिएपछि निर्माण कम्पनीलाई सडक विस्तार आयोजनाले १४ महिना समय थप गरिदिएको छ ।
कोभिड महामारी र अन्य विविध कारण देखाउँदै निर्माण कम्पनीले काममा ढिलाई हुन गएको बताइरहेको छ । सडक ठेक्का लिने कम्पनी सिम्याट सिल्ट भिडिए कन्सल्टेन्टका रेजिडेन्ट इन्जिनियर नारायण ढकालले कोभिड र निर्माण समाग्रीको अभावमा समयमै काम पुरा हुन नसकेको बताए ।
दिवा जेवीलाई काम समयमै सम्पन्न गर्न आफ्नो कन्सल्टेन्टले पटकपटक दबाब दिँदै आएका ढकालले बताए । काम ढिला भए वा राम्रो नभए दिवाको भुक्तानी नै रोकेर भएपनि काम राम्रो र छिटो गर्न आफुले दबाब दिएको उनले बताए ।
शिवालय दिवा जेभीलाई जलेश्वर बर्दिवास सडक खण्डमात्र नभई जलेश्वर नगरक्षेत्र भित्रको १५.६१ किलोमिटर, सिरहाको १५ किलोमिटर र राजविराजको १५ किलोमिटर गरि कुल ८७.६१ किलोमिटर सडक २ अर्ब ८ करोड भ्याटबाहेकको रकममा निर्माणको जिम्मा दिइएको छ । एउटै प्याकेजमा निर्माणको जिम्मा पाएको जेभीले हालसम्म पुरै प्याकेजको करिब ३२ प्रतिशत काम सकेर २९ प्रतिशत बराबरको रकम अर्थात् करिब ५८
करोड भुक्तानी समेत पाईसकेको छ । कन्सलटेन्ट कम्पनीले आफुहरूले बारम्बार निर्माण कम्पनीलाई पत्राचार गरिरहेको दाबी गरेको छ ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार