
नयाँदिल्ली । तालिबान सरकारले भारतसँग व्यावसायिक उडान पुन: सञ्चालन गर्न भन्दै भारतलाई पत्र पठाएको एक रिपोर्टले जनाएको छ। भारतीय सञ्चारमाध्यम एएनआईका अनुसार तालिबानले भारतीय नागरिक उड्डयन निर्देशनालयलाई उक्त पत्र पठाएको हो । तालिबानले पठाएको उक्त पत्र भारतको नागरिक उड्डयन मन्त्रालयले प्राप्त गरिसकेको र त्यसको समीक्षा गरिरहेको एएनआईको रिपोर्टमा उल्लेख छ ।
अफगानिस्तानमा तालिबानले १५ अगस्टमा सत्ता कब्जा गरेपछि भारत सरकारले अफगानसँगका आफ्ना सबै व्यावसायिक उडान बन्द गरेको छ । गत साता तालिबानले अरु देशका एयरलाइन्सलाई पनि विमानस्थलका समस्या समाधान भइसकेकाले उडान पुन: सुरु गर्न आग्रह गरेको थियो । विगतमा खस्किएको अर्थतन्त्र उकास्न संघर्षरत तालिबान सरकारले अन्तर्राष्ट्रिय समर्थनका लागि प्रयास स्वरुप उडानलाई निरन्तरता दिन खोजेको बताइन्छ ।
तालिबान प्रवक्ता अब्दुल कहार बाल्खीले समाचार एजेन्सी रोयटर्सलाई बताए अनुसार अन्तर्राष्ट्रिय उडानहरु स्थगित भएपछि विभिन्न देशमा अफगान नागरिकहरु अलपत्र परेको र धेरै मानिस काम वा अध्ययनका लागि यात्रा गर्नबाट रोकिएका छन् । साथै काबुल अन्तर्राष्ट्रिय विमानस्थलको समस्या पूर्ण रुपमा समाधान भएको र आन्तरिक र वाह्य उडानका लागि विमानस्थल पूर्ण रुपमा तयार रहेको बाल्खीको भनाइ छ ।
यसअघि सेप्टेम्बर १३ मा पाकिस्तानी विमानले काबुल विमानस्थलमा अगस्ट १५ पछि पहिलोपटक व्यावसायिक उडान भरेको थियो । अरु केही विमानले पनि आंशिक रुपमा उडान भरेका छन् । तालिबानको सत्ता कब्जापछि दसौँ हजार अफगान र विदेशी नागरिक वाह्य उडानका लागि काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएका थिए ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार