
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भागलिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज राष्ट्रसङ्घीय शान्तिसैन्य परिचालनमा सहयोगीको भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेका छन् ।
त्यस अवसरमा उनीहरूबीच भएको वार्ता विश्वका द्वन्द्वग्रस्त क्षेत्रमा परिचालन हुने शान्ति सेना, विश्व शान्ति स्थापनामा शान्ति सेनामा रहेर नेपाली सेनाले गरेको योगदानका साथै नेपाल र राष्ट्रसङ्घबीच सुरक्षाको क्षेत्रमा सहयोगलाई सुदृढ पार्नेमा केन्द्रित रहेको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्का लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
आजै मन्त्री खड्काले बहराइनका आफ्ना समकक्षी अब्दुल लतीफ बिन राशिद अल ज्यानीसँग भेट गरे । भेटमा उनीहरूले मानव संसाधन, व्यापार, लगानी र पर्यटनको क्षेत्रमा द्विपक्षीय सहयोगबारे छलफल गरेका थिए ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार