
झापा । एकीकृत विपद् व्यवस्थापनका लागि ‘क्याम्प’ निर्माण सुरु गरिएको छ । स्वीस विकास नियोग, प्रदेश र स्थानीय सरकारको सहयोग तथा सहकार्यमा अर्जुनधारा नगरपालिका–११ स्थित देउनियाटोल नजिकै क्याम्प निर्माण सुरु गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए ।
जिल्लाका चार स्थानीय तह कनकाई नगरपालिका तथा अर्जुनधारा, बिर्तामोड र बुद्धशान्ति गाउँपालिकामा विपद् व्यवस्थापन गर्ने काम थालिएको उनले बताए । “चारवटै स्थानीय तहले अपनत्व लिने र एकीकृत विपद् व्यवस्थान गर्ने गरी काम थालिएको छ”, उनले भने, “यसले विपद्का बेला नागरिकको उद्धार, राहत र विपद् व्यवस्थानमा सहज हुनेछ ।”
दुई बिघा सार्वजनिक जग्गामा निर्माण थालिएको क्याम्पबाट दमकल, शववाहन, एम्बुलेन्स, बाढी, पहिरो, आगलागीलगायतका विपद् नियन्त्रणका लागि गरिने अर्जुनधाराका नगरप्रमुख हरिकुमार रानाले बताए । संरचना निर्माणका लागि माटो परीक्षणसमेत गरिएको छ । एकीकृत विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा अन्यलाई तालिमको व्यवस्थापन गर्नेछ













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार