
धनुषा । वैदेशिक रोजगारमा गएका यहाँका एक व्यक्ति विगत पाँच वर्षदेखि परिवारसँग सम्पर्कविहीन अवस्थामा छन्। कमला नगरपालिका– ७ सिङ्ग्याही मडान बस्ने दुखि मण्डल विगत पाँच वर्षदेखि परिवारबाट सम्पर्कविहीन छन् ।
उनी सम्पर्कविहीन भएपछि परिवार चिन्तामा छ। आठ वर्ष पहिले मण्डल वैदेशिक रोजगारमा गएका थिए। दुई-तीन वर्षसम्म फोनमा कुराकानी हुने र पैसा पठाउने गरे पनि पाँच वर्षदेखि सम्पर्कविहीन भएको श्रीमती विनितादेवी मण्डलले बताइन् ।
आर्थिक अवस्थामा सुधार ल्याउन, छोराछोरीको भविष्य उज्ज्वल पार्ने सपना बुन्दै श्रीमान्लाई विदेश पठाएकी विनिता यति बेला श्रीमान् हराएपछि निकै चिन्तामा छिन्। विनिताले भनिन्, “श्रीमान्लाई साउदी अरबबाट कमाएर पठाएको पैसाले ऋण तिर्ने, दुई सन्तानलाई राम्रो शिक्षा दिने, एउटा घर बनाउने र खुसीयाली साथ जीवनयापन गर्ने सोचेका थिए, सुरु–सुरुमा सबै राम्रो नै थियो ।”
विनिताले थाहा पाएसम्म उनका श्रीमान् ऊट र बाख्राको रेखदेखको काममा गएका थिए। उनीसंग मोबाइल फोन नभएकाले मालिकले नै घरमा फोन सम्पर्क गराउने गरेको विनिताले बताइन्। अहिले त मालिक पनि सम्पर्कमा नभएको विनिताले जानकारी दिइन् ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार