
सिमकोट । जिल्ला अस्पताल हुम्लामा भदौ १२ गतेदेखि सञ्चालन भएको स्वास्थ्य शिविरमा ६ सय ५० ले सेवा लिएका छन् । आँखा, नाक, कान, घाँटी र अपाङ्गता भएका व्यक्तिका लागि शिविर सञ्चालन भएको भएको थियो भने ती रोगबाट प्रभावित बिरामीले सेवा लिएका छन् ।
गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक सहयोग तथा जिल्ला अस्पताल र सिमकोट गाउँपालिकाको समन्वयमा शिविर भएको हो । शिविरमा आँखा, नाक, कान, घाँटी र हातखुट्टामा समस्या भएका व्यक्तिलाई निःशुल्क औषधि उपचार गरिएको शिविर सञ्चालकका व्यवस्थापक जय लिम्बूले बताए।
शिविरमा जिल्लाका सातवटै गाउँपालिकाका सेवाग्राहीले सेवा लिएका छन् । चार दिनको अवधिमा दुई सय ९३ कान, दुई सय ९५ आँखा, ४५ अपाङ्गता भएका व्यक्ति र अन्य १७ महिला, पुरुष एवम् बालबालिका गरेर जम्मा ६ सय ५० लाई सेवा दिएको व्यवस्थापक लिम्बुले बताए।
त्यस्तै आँखा, कान र अपाङ्गता भएका व्यक्ति गरेर १५ लाई काठमाडौँ र नेपालगञ्ज पठाएको लिम्बूले बताए। थप उपचारका लागि जिल्लाबाहिर पठाइएका १५ जनाको उपचार खर्च गोर्खा वेल्फेयरले व्यहोर्ने भएको छ ।
दुर्गम जिल्लाका बिरामी आर्थिक अभावका कारण जिल्लाबाहिर जान नसक्ने भएपछि टोली आएर शिविर सञ्चालन गरेको थियो । शिविरमा पाँच विशेषज्ञ चिकित्सक, २४ स्वास्थ्यकर्मी गरेर २८ जनाको टोलीले सेवा दिएको थियो ।
कान नसुन्नेलाई सभ नियन्त्रक, कान र आँखाको मोतीविन्दु शल्यक्रिया, अपाङ्गता भएका व्यक्तिहरूलाई फिजीयो थेरापी सँगसँगै कृत्रिम अङ्गसमेत प्रदान गरिएको लिम्बूले जानकारी दिने ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार