
सप्तकोशी । नदीमा पानीको बहावमा उतारचढाव हुन थालेको छ । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेकामा पछिल्लो समय घटबढ हुन थालेको हो ।आज विहान ७ बजे गरिएको मापनमा कोशी व्यारेज भएर दुई लाख १४ हजार ७४५ क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
बिहान ६ बजे गरिएको मापनमा दुई लाख ११ हजार २२५ क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव थियो । पछिल्लो समय वर्षा रोकिए पनि बहाव घटबढ हुने क्रम जारी रहेकाले अहिले ब्यारेजका २८ ढोका खुल्ला गरिएको उनको भनाइ थियो ।आइतबार साझ सप्तकोशीमा यस बर्षकै सबैभन्दा बढी पानीको बहाव मापन गरिएको थियो । त्यसबेला बहाव दुई लाख ७४ हजार पाँच क्यूसेक प्रतिसेकेण्ड पुगेकाले ब्यारेजका ३८ ढोका खुल्ला गरिएको थियो ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार