
फुङ्लिङ । लिफ्टिङ प्रविधिमार्फत ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा खानेपानी पुर्याइने भएको छ। गत आर्थिक वर्षदेखि सुरुआत भएको खानेपानी आयोजनाका काम सुचारु गर्न दुई पक्षबीच पाँचबुँदे सहमति भएसँगै पुनः निर्माण अगाडि बढ्न लागेको हो ।
निर्माण कम्पनी प्रेरा–विष्णु जेभी इलाम र पाथीभरादेवी दर्शन केबुलकार प्रालिबीच पानी मुहान नजिक बनेको ट्याङकी संरचनाको विषयमा जग्गा विवाद भएको थियो। यसका लागि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, पाथीभरा, ताप्लेजुङ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, निर्माण कम्पनी र केबुलकार प्रालिका प्रतिनिधिबीच विवाद समाधानका विषयमा पाँचबुँदे सहमति भएको थियोे ।
सहमतिअनुसार यसअघि निर्माण भइसकेको ५० घनमिटरको आरसीसी ट्याङ्की र पम्प हाउस पुनः निर्माणका लागि केबुलकार प्रालिले जग्गा उपलब्ध गराउने भएको छ। यस्तै, उक्त संरचना बनाउन प्राविधिक विशिष्टतामा फरक नपर्ने गरी नक्सा र बीओक्यूमा उल्लेख भएअनुसार १.६० मीटरसम्म उचाइको आरसीसी ट्याङ्की सो प्रालिका तर्फबाट आगामी कात्तिक दोस्रो सातासम्ममा निर्माण गरिदिने सहमति पनि बनेको छ ।
ट्याङ्कीको १.६० मिटरभन्दा माथिको बाँकी संरचना र पम्प हाउसको निर्माण भने निर्माण कम्पनीले नै गर्ने छन्। ट्याङ्की निर्माणमा सो प्रालिलाई आवश्यक पर्ने प्राविधिक सहयोग भने सो आयोजनाले उपलब्ध गराउने पनि सहमति भएको छ। सहमति पत्रमा आयोजना प्रमुख सुरतलाल चौधरी र इन्जिनीयर रुपक पराजुली, उपभोक्ता समितिका तर्फबाट अध्यक्ष गोपाल न्यौपाने र कोषाध्यक्ष तेजबहादुर भट्टराई, निर्माण व्यवसायीका प्रतिनिधि नन्दकुमार ओझा, केबुलकार प्रालिका तर्फबाट प्रतिनिधि मणिशङ्कर पोमूले हस्ताक्षर गरेका छन् ।
तीन हजार सात सय ९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा धाममा खानेपानी पुर्याउने गरी २०७७ साल असोज १८ गते ठेक्का सम्झौता भई पाथीभरा लिफ्टिङ प्रविधि आयोजनाको काम सुरुआत भएको हो। सम्झौताअनुसार कूल रु पाँच करोड ४६ लाख ६४ हजार तीन सय ५५ को लागतमा आगामी चैत महिनाभित्र आयोजना सम्पन्न गर्नुपर्ने छ। कूल लागतको ७० प्रतिशत सरकार र बाँकी ३० प्रतिशत रकम पाथीभरा ताप्लेजुङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले बहन गर्ने बताइएको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार