
काठमाडौं । बेदकोट नगरपालिकाका २३५ किसानलाई बीउ, जैविक मललगायतका सामग्री सहयोग गरिएको छ । स्वीट नेपालले युएनडिपी नेपाल र बेदकोट नगरपालिकाको साझेदारीमा सञ्चालित कोभिड–१९ प्रतिक्रिया तथा समाजिक आर्थिक पुनःप्राप्ति परियोजनाअन्तर्गत सो सहयोग गरिएको हो ।
एक वर्षदेखि कोभिड प्रभावित तथा दलित, जनजाति, एकल महिला तथा विपन्न समुदायलाई वडा कार्यालयको समन्वयमा नगरपालिकाका १० वटै वडामा यो कार्यक्रम लागू गरिएको छ ।
बेमौसमी तरकारी खेती गर्ने ८० किसानलाई टमाटर, काउली, बन्दागोभीलगायत तरकारीको बीउ र जैविक मल दिइएको छ । तरकारीका बिरुवाको नर्सरी तयार गर्नका लागि २० किसानलाई टमाटर, काउली, बन्दाको बीउ र जैविक मल तथा विषादी दिइएको छ । त्यसैगरी खुर्सानी खेती गर्ने ५० किसालाई खुर्सानीको बीउ, मल र विषादी दिइएको छ ।
पोली हाउसभित्र तरकारी खेती गर्ने ३० किसानलाई टमाटर, करेला, मल, बीउलगायत दिइएको छ । त्यसैगरी हल्दी र अदुवा खेती गर्ने ६५ किसालाई समेत मल हस्तान्तरण गरिएको छ ।
यसअघि गत वर्ष ती किसानलाई औजार, प्राविधिक सहयोग, दक्ष तालिम, आवश्यक साम्रगी सहयोग गरिएको थियो । किसानले उद्यमी भई तीनदेखि पाँच कठ्ठामा तरकारी खेती गर्दै आइरहेका स्वीट नेपालका कार्यक्रम संयोजक अमित सुनारले जानकारी दिए ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार