
खलङ्गा । पक्की सिँचाइ कुलो निर्माण भएपछि जुम्लाको कनकसुन्दरी गाउँपालिकाका स्थानीयवासीमा खुसी छाएको छ । वडा नं ७ बैदारबाडामा निर्माण भएको पक्की कुलाले यहाँको ५० रोपनी जमिन सिँचाइको पहुँचमा पुगेको छ । पक्की कुलो पुगेपछि यहाँका किसान सहजै रुपमा सिँचाइ गरेर खेती गर्न थालेका छन् ।
कच्ची कुलो हुँदा पटक–पटक पहिराले पुरिने र भत्किने भएकाले खेती गर्ने समयमा किसानलाई निकै सास्ती हुँदै आएको थियो । वडा नं ७ स्थित सुधारसिल कृषक समूहले एक सय २० मिटर पक्की सिँचाइ कुलो निर्माण गरेको छ ।
यो कुलाले बैदारवाडाको ५० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ । गाउँको सिरानमा कुलो भएकाले वर्षातको समयमा असाध्यै असुरक्षित हुने र पहिराको उच्च जोखिम थियो । कुलामा जाने पानीले जमिन भासिने सम्भावना तीव्र थियो । पक्की कुलो बनेपछि पहिराको जोखिम हटेको छ ।
कुलाले गाउँमा रहेको निर्भरता कम हुने र गाउँमा पहिरो जान घट्ने तथा आफ्नै जमिनमा तरकारी र अन्नबाली उत्पादन गरी समुदायमा रोजगारी सिर्जना गरेर आम्दानी बढाउन प्रोत्साहित गरिरहेको पेस नेपालका परियोजना प्रमुख हेमराज भट्टले बताउनुभयो ।समुदायमा बाढी पहिराको जोखिम कम हुने र उत्पादनमा वृद्धि भई आफ्नै व्यवसायमा व्यस्त हुने अवस्था निर्माण गरिएको छ ।
कारितास जर्मनी र कारितास नेपालको आर्थिक सहयोग तथा पेस नेपाल जुम्लाको साझेदारीमा सञ्चालित एकीकृत खाद्य सुरक्षा विपद् जोखिम न्यूनकरण जलवायु परिवर्तन अनुकूलन कार्यक्रमअन्तर्गत सोे सिँचाइ कुलो निर्माण गरिएको हो । सिँचाइ कुलो निर्माणका लागि पेस नेपालले रु दुई लाख ५० हजार र वडा कार्यालयले रु ४० हजार लगानी गरेको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार