
भादगाउँ । नेपाल बैंक लिमिटेड कमलविनायक शाखाले दूधपाटीमा आजदेखि सेवा विस्तार गरेको छ । भक्तपुर नगरको पश्चिम भेगका जनताको सेवासुविधालाई ध्यान दिँदैे सेवा विस्तार गरिएको जनाइएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सेवाको शुभारम्भ गदै स्वदेशी लगानीलार्ई प्रोत्साहन गर्न आग्रह गरे। भक्तपुर बहुमुखी क्याम्पसका प्राचार्य डा कृष्णप्रसाद पोखरेलले बैंकको सेवा विस्तारले नगरका पश्चिम भेगका जनताले सरल र सहज रुपमा बैंकिङ सेवा पाउने विश्वास व्यक्त गरे।
नेपाल बैंक वाग्मती प्रदेश प्रमुख निरुजा श्रेष्ठले दूधपाटी काउन्टरको विस्तारसँगै भक्तपुरमा तीन शाखा र चार काउन्टरमार्फत सेवा प्रदान गरिरहेको बताए ।कार्यक्रममा नेपाल बैंक कमलविनायक शाखाका प्रमुख विष्णुमान भैल र सहायक प्रमुख दीपा पनेरुले भक्तपुरमा थप दुईदेखि तीन शाखा विस्तार गर्ने योजनाका साथ कार्य अघि बढिरहेको जानकारी दिए ।
– रासस












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार