
काठमाडौँ । नेकपा एमालेको जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घले पछिल्लो राजनीतिक घटनाक्रम तथा भावी सांस्कृतिक रूपान्तरणको कार्यसूचीबारे आफ्ना नेता–कार्यकर्ता र शुभेच्छुक संस्कृतिकर्मीका लागि प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।राष्ट्रिय राजनीतिमा देखिएको स्थिति, सामाजिक र आर्थिक क्षेत्रका समस्या तथा विकृतिलाई चिर्दै जनताको बहुदलीय जनवादको विचारका आधारमा मुलुकको समृद्धिका लागि स्रष्टाहरुले खेल्नुपर्ने भूमिकाका विषयमा भेला र प्रशिक्षण सुरु भएको हो ।
कार्यक्रमको भर्चुअलरूपमा थालनी गर्दै नेकपा (एमाले)का सचिव एवं पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीभित्रका असन्तुष्ट पक्षलाई एकताबद्ध बनाइराख्न भरमग्दुर प्रयत्न गरिएको तर केही नेता विपक्षी मोर्चामै लीन हुन चाहेकाले समस्या पैदा भएको बताए ।
सर्वोच्च अदालतबाट गत असार २८ गते भएको फैसला बहुदलीय व्यवस्थाको मान्यतानुकूल नभएको जिकिर गर्दै उहाँले पार्टीमा देखा परेका गम्भीर समस्या र त्यसले उत्पन्न गरेका तरङ्गहरू र आजको विषम परिस्थितिमा स्रष्टा–सर्जकहरूले खबरदारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । महासङ्घका अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य खगेन्द्र राईले पार्टीको मार्गदर्शनलाई पालना गर्दै कोभिडको जोखिमलाई ख्याल गरेर चाँडै भौतिकरूपमा बृहत् कार्यकर्ता भेला आयोजना गरिने बताए ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार