
गलकोट । धौलागिरि अस्पताल बागलुङको स्तरोन्नतिसँगै गुणस्तरीय सेवा दिन थालिएको छ ।कोरोना महामारीका बीच सीमित स्रोत र साधनका भरमा पनि उत्कृष्ट व्यवस्थापन गर्दै आएको अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक भने सीमित हुँदा सकस भएको छ ।कोरोना महामारीकै अवधिमा थुप्रै पूर्वाधार, उपकरण जुटाएको अस्पतालमा दरबन्दीअनुसारका मेडिकल अधिकृत, विशेषज्ञ तथा स्वास्थ्यकर्मी छैनन् । दरबन्दीअनुसारको स्वास्थ्यकर्मी, चिकित्सक नहुँदा अपेक्षाकृतरूपमा सेवा दिन समस्या भएको अस्पतालले जनाएको छ ।
सम्भावित तेस्रो लहरको खतरा बढिरहेको बेला आइसियु र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक मेडिकल अधिकृतको अभाव भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले जानकारी दिए ।सोह्र जना स्थायी विशेषज्ञको दरबन्दी रहेको अस्पतालमा हाल एक जनामात्रै विशेषज्ञ चिकित्सक कार्यरत छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.पोखरेलबाहेक अन्य कुनै पनि विशेषज्ञ चिकित्सक नरहेको अस्पतालले जनाएको छ । अस्पतालमा अहिले १० जना विशेषज्ञ चिकित्सक करारमा कार्यरत छन् ।यस्तै छ जना स्थायी दरबन्दी रहेको मेडिकल अधिकृतमध्ये अहिले एक जनामात्रै अस्पतालमा कार्यरत रहेको र उनको समेत सरुवा भइसकेको छ ।अस्पतालमा कोरोना महामारीकै समयमा करारका १५ मेडिकल अधिकृत कार्यरत रहेको अस्पतालमा अहिले जम्मा पाँच जना मेडिकल अधिकृत कार्यरत रहेको र दुई जनाको करार अवधि सकिन थालेको डा।पोखरेलले जानकारी दिए ।“कोरोना महामारीसँग जुध्न हामीसँग लगभग जनशक्ति पुगेकै थियो, गण्डकी प्रदेश सरकारले समेत कोरोना लक्षित गरी केही मेडिकल अधिकृत थप गरेको थियो ।तर, सबै चिकित्सक करारका थिए”, डा।पोखरेलले भने, “यस्तो जटिल अवस्थामा दरबन्दीको त कुरै छोडौँ, करारका चिकित्सकसमेत नहुँदा समस्या जटिल बनेको छ, हामीलाई आइसियु, भेन्टिलेटर, शिशु सघन कक्षका लागि मेडिकल अधिकृत छैनन् ।”













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार