
झापा ।राष्ट्रिय समाचार समिति झापाका पूर्व कर्मचारी राजु न्यौपानेको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।उनको मेची प्रादेशिक कोभिड अस्पतालमा उपचारकै क्रममा मङ्गलबार मृत्यु भएको हो । ५५ वर्षीय न्यौपानेलाई १० दिन अघि ज्वरो र रुखाखोकीले सताएपछि उपचारका लागि सोही अस्पतालमा लगिएको थियो । अस्पतालले उनलाई औषधि लिएर होम आइसोलेसनमा बस्ने सुझाव दिँदै फर्र्काइदिएको थियो ।
होम आइसोलेसनमा बस्दै आउनु भएका राजुको स्वास्थ्य बिग्रिदै गएपछि उपचारका लागि पाँच दिनअघि विर्तामोडस्थित विर्तासिटी अस्पतालमा लगिएको थियो । अस्पतालले बिरामीको चाप बढी भएको र सघन उपचार कक्ष खाली नभएको जनाउँदै उनलाई विर्तामोडैमा रहेको बिएण्डसी अस्पताल लैजाने सुझाव दिएको थियो ।
बिएण्डसी अस्पताललेसमेत सघन उपचार कक्ष खाली नभएको जनाएपछि पुनः मेची प्रादेशिक कोडिभ अस्पतालमा राखेर उनको परिवारले उपचार गराइरहेको थियो । उपचारकै क्रममा उनको मङ्गलबार १२ बजे मृत्यु भएको परिवारले जनाएको छ।स्थानीय देउनिया खोलामा उनको अन्त्येष्टि गरिएको छ । उनका दुई छोरा, एक छोरी र श्रीमती छन् ।
–रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार