
विराटनगर । प्रदेश नं १ मा कृषकलाई चाहिने रासायनिक मलको अभाव नरहेको सम्बन्धित कार्यालयले जनाएको छ। लगभग रोपार्इं सकिएको यो प्रदेशमा अझै पनि रासायनिक मल युरिया, डिएपी र पोटास मौज्दातमा रहेको बताइएको छ।
कृषि सामग्री कम्पनी लिमिटेड कार्यालय विराटनगरमा अझै युरिया पाँच हजार ५०६ मेट्रिक टन, डिएपी ६४६ मेट्रिक टन र पोटास ७२ मेट्रिक टन मौज्दातमा रहेको कार्यालयका प्रमुख नवरत्न गौतमले जानकारी दिए। उनले यस कार्यालयमा केही दिनभित्रै थप युरिया एक हजार ५०० मेट्रिक टन आउने भएकाले किसानलाई वर्षे धान बालीका लागि चाहिने मलको अभाव नरहने बताए।
गएको वर्षमा रासायनिक मल ५१ हजार २०८ मेट्रिक टनमा मातहतका कार्यालयमा २८ हजार ९५४ मेट्रिक टन पठाएको र कार्यालयले आफैँ १२ हजार ९१६ मेट्रिक टन बिक्री गरी असारसम्ममा नौ हजार ७७७ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको थियो । युरिया अहिले ५० केजीको प्रति बोरा रु ७५० र डिएपी रु।दुई हजार २०० मा बिक्री भएको बताइएको छ।
साल्ट ट्रेडिङ कम्पनी विराटनगरमा युरिया १८ हजार ५६२ बोरा, डिएपी १५ हजार २०६ बोरा र पोटास एक हजार ९६४ बोरा मौज्दात रहेको कार्यालय प्रमुख राधेश्याम चौधरीले जानकारी दिए। कार्यालयले यस वर्ष युरिया २३ हजार ७४७ बोरा, डिएपी १३ हजार ४७० बोरा र पोटास एक हजार ६०० बोरा वितरण गरेको छ भने चालू आवको साउनदेखि अहिलेसम्म वितरण गरेको रासायनिक मलको विवरण भने निकाल्न नपाएको प्रमुख चौधरीले जानकारी दिए।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार